गजल ~हुन्थ्यो~
बेँसी फाँट भेट्न झर्या भए हुन्थ्यो
तिम्रो नजर म मा पर्या भए हुन्थ्यो
आँखा मेरा सधैँ तिमी तिरै घुम्थे
माया सम्झी छेउ सर्या भए हुन्थ्यो
जुधेँकै हुन् हाम्रा नयन दोबाटोमा
माया का दुई बात गर्या भए हुन्थ्यो
बैँस उर्ली भेल आउँदा जवानीको
हात समाइ सँगै तर्या भए हुन्थ्यो
खाली हुँदा तिम्रो दिल त्यती बेला
अनुराग नै दिलमा भर्या भए हुन्थ्यो
-अनुराग कंडेल (इस्राएल)
प्रतिकृयाहरु
2 hours 37 min ago
2 hours 38 min ago
2 hours 39 min ago
16 hours 25 min ago
1 day 47 min ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago
1 day 2 hours ago