गीता थापा

16
Dec

अंग अंग जताततै हेर

अंग अंग जताततै हेर तिम्रै तिम्रो नाम टाँसिएको छ
श्वास श्वासमा जन्म जन्मन्तरको साईनो गाँसिएको छ

कोशिश गर्दैछु तिम्रो शहर तिम्रो बस्ती बाट टाढा हुने
त्यहि बाहानाले खुशी जति सबै दिलैबाट माँसिएको छ

सप्तसप्त जूनी सम्म तिमीलाई दिएको बाँचा कसमले
कहिल्यै बाहिर नँनिक्ली तिमीतिरै मन भाँसिएको छ

कोहो आफ्नो कोहो पराइँ चिन्नुँ कसरी अन्योलमा छु
यथर्था भूलेर सपनामा डुलेर झुँठले नाता नाँसिएको छ विस्तृतमा पढ्नुस् »

14
Dec

तिमी जानँ हतार गर्छौ

तिमी जानँ हतार गर्छौ थोरै बाँकी रात थियो
माया भरि सुम्सुमाउँने अझैँ बाँकी हात थियो

चिसाचिसा नयँन छँदै अँधरमा च्याँपी मुस्कान
अन्तिम चोटि सहँनैपर्ने एउटा बाँकी घात थियो

ओठटोकी लजाउँने पुर्णिमाको जून हेर्न सधैं सधैं
जूनकिरीको मधुरतामा रहरको बाँकी खात थियो

दुखेर बयँलिएको मुटुमा सबै चिजले चहँर्‍याउँदा
मलम बनाइँ लगाउँन फूलबिनाको बाँकी पात थियो विस्तृतमा पढ्नुस् »

13
Dec

प्रकृतिमा सौन्दर्य थप्ने

प्रकृतिमा सौन्दर्य थप्ने धर्तीको गहना हो नारी
सुन्दर संसारको परिकल्पना गर्ने लहना हो नारी

हराभरा भै फाँटफाँट र गरागरामा फूल्ने मधुमास
बनी मुर्झाएको फूलमा बसन्त भर्ने चाहाना हो नारी

धर्ती भएर सब सहन्छे नारी कोखमा ममता उम्रार्दै
उजाडिएको बस्तिमा खुशियाली भर्ने बाहाना हो नारी

थाँकेको बटुवालाई चौंतारी भएर छहारी दिने उ
आँफू मझ्धारमै डुबेपनी अरुको सपना हो नारी विस्तृतमा पढ्नुस् »

13
Dec

चुटिएको मन म घरीघरी

चुटिएको मन म घरीघरी सक्दिनँ पृयतम जोड्नँ
लुकेर तिमी नआउँ मनको फूलबारी पृयतम गोड्नँ

तिमी र म अब एक नदिको दुई किनारा भै'सक्यौ
मिलन हुदैनँ हाम्रो भने सक्नुँ पर्छ पृयतम छोड्नँ

भूलेरपनि नसम्झनुँ तिमी केवल धोखाँ रहेछ माया
खुशीखुशी भै'अघिबढ्नु पर्छ पृयतम पाइँला मोड्नँ

चिन्ता तिमी नलिनुँ म सहँन्छु भाग्यमा लेखिएको
आउँदिन सुनँ तिम्रो गोरेटोमा कसम पृयतम तोड्नँ विस्तृतमा पढ्नुस् »

10
Dec

तिमीलाई बिर्सिएर

तिमीलाई बिर्सिएर एक्लै कहिंले हाँस्न सकिनँ
निष्ठुरी भै,जरैकाँटी तिम्रो माया मास्न सकिनँ

ओल्टेँ फेरौँ तिमी देख्छु,कोल्टेँ फेरौँ मात्र तिमी
तिमीभूली पराइँलाई यो छातीमा टाँस्न सकिनँ

चोटमाथि चोटै दियौ त्यसलाई जतनले राखिरहेँ
जालीमाया भएपनी अर्को साईनो गाँस्न सकिनँ

छँरिएका सपना बटुलेर बाँधिरहे मनैबाँध्ने तारले
बिझाउँने माया मुटुबाटै अंल्गपारी छास्न सकिनँ

गीता थापा (दोषी) विस्तृतमा पढ्नुस् »

9
Dec

पहिलो चोटि भेट् हुँदा

पहिलो चोटि भेट् हुँदा तिम्रो बात मन पर्‍यो
स्वीकारेर माया रोप्नँ तिम्रो जात मन पर्‍यो

रुख चढाई फेँद ढाँल्ने अच्चमको तिम्रो बानी
मलाई तिम्रो बानी भित्रको घात मन पर्‍यो

मनभरी कुरा लुकाइ हेत्केलामा रहर उम्रार्ने
मलाई सबै भन्दा तिम्रो त्यो हात मन पर्‍यो

साथ दिन्छु भनि भनि आँफू भने पछि सर्ने
खोट् लाउँने ठाउँ पाइन तिम्रो साथ मन पर्‍यो

गीता थापा (दोषी)
हाल-ईजरायल

8
Dec

छातिभरी तिम्रोमाया

छातिभरी तिम्रोमाया बिछोडले जल्यो आज
अनिधोभै सारारातहरु ननिदाइँनै ढल्यो आज

दुख्दादुख्दै थाँकेर अंमिलिएको यो जीन्दगानी
भित्रभित्रै सल्किएर थहाँनपाई बल्यो आज

खुशीखुशी ज्युँछु भन्थेँ भै सबैभन्दा भाग्यमानी
आँफैदेखि आफ्नो भाग्य अनायासै गल्यो आज

तिमीपाउँने चाहाँनालाई छातिभरी जोगाएथेँ
आकांक्षाको रित्तोआत्मा आफैदेखी हल्यो आज

बाँच्नुभन्दा सोंच्थेँ मर्नगार्ह्यो घायलमुटु पालेर विस्तृतमा पढ्नुस् »

7
Dec

यो मन मन्दिरको देवता

योमन मन्दिरको देवता भनि चुने तिमीलाई
सुँन्दर सपनाको कल्पनागर्दै बुने तिमीलाई

आँखा वरिपरी तिम्रो आँकृति पौडिँन आउँदा
आँखाकै दुइथोपा पानी पाएँ मैले धुने तिमीलाई

एकान्तमा मलाई सताउँदा सम्झनाले तिम्रो
यहीं आँशु साथभयो मेरो भूल्न रुने तिमीलाई

निराश यो जीन्दगीमा अत्यास मान्दै तँड्पिदा
हातकाऔंला भाँची जोडघटाऊ गर्दै गुने तिमीलाई

कसैगर्दानी सकिनँ यो पागलमन बुझाउँन मैले विस्तृतमा पढ्नुस् »

6
Dec

लुकीलुकी तिमी सधैं सपनिमा

लुकीलुकी तिमी सधैं सपनिमा धाएर सताउँछौ
अरुपाउँदा मेरोमाया सस्तो भयो पाएर सताउँछौ

जवानीनै हुन्छ बैंमानी थाहाँ नपाए झैँ गरेर
त्यसकोपछि लागि झुठो माया लाएर सताउँछौ विस्तृतमा पढ्नुस् »

5
Dec

सास फेर्न गार्ह्यो भयो

सास फेर्न गार्ह्यो भयो भेट्न आउँ भन्दापनी
कित मलाई आजैँबाट भूली जाउँ भन्दापनी

सुनेरनि रतिभर वास्ता कति छैन तिमीलाई
पिरती यो झूँट सम्झी कसम खाउँ भान्दापनी

निर्दोषछौ भनौ भने अध्याँरोमा साथ छाड्यौ
निश्चल मानि मन मन्दिरमा लाउँ भन्दापनी

नत केहीँ आनाकाँनी नत ओठखोली बोल्छौ
सस्तो ठानी तिम्रो माया गरौँ भाउँ भन्दापनी

गीता थापा(दोषी)
हाल-ईजरायल

Syndicate content