बुद्धी मोक्तान

14
Feb

प्रेमप्रत्र लेख्दैछु

Buddhi Moktan's picture

प्रेम दिवशमा प्रेमप्रत्र लेख्दैछु माया
भविष्य जीवनको तिमीमा देख्दैछु माया ।

स्वाभिमान र महानताको अध्याय दर्साउदै
सामिप्य,नेपथ्यबाट पाइला टेक्दैछु माया ।

आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट बिवेकले छेक्दैछु माया ।

स्विकार्नु धिकार्नु नकार्नु जो तिम्रो अधिकार
अमर प्रेमका यि लिफा सामुन्ने पेस्दैछु माया ।

जीवनका खुशीहरु उकाली ओराली सोहोरेर
आत्मियताको भारी तिम्रो चौतारी ठेग्दैछु माया ।

सझिएको आगनमा अग्नी होमले ड्म्फु बज्दा
जीवनको अमरत्व तिमीसग सेक्दैछु माया ।

29
Jan

घारो एउटै हो

Buddhi Moktan's picture

तिमीले खाने मैले खाने चारो एउटै हो
अछुत किन भन्छौ मलाई धारो एउटै हो ।

रगत तिम्रो सेतो भए मेरो भन्नु छैन
केशीकामा बग्ने कणको पारो एउटै हो ।

महल तिम्रो बास होला झुपडी चैं मेरो
हुरी बतास छेल्छ यस्ले गारो एउटै हो ।

नजर सबै राम्रो भए छैन जातभात
फर्क माथी हेरौ आकाश तारो एउटै हो ।

जीवन जल्छ एक दिन बाच्दा बाँडौं माया
मृत्युपछि पोल्ने काठको घारो एउटै हो ।

-

4
Sep

बाचेर के बस्नु

Buddhi Moktan's picture

पूरा नहुने त्यस्तो सपना साचेर के बस्नु
मन रुन्छ त्यस्तो धुनमा नाचेर के बस्नु ।

मिलनको क्षण टाढियो यसै झन पर पर
खियो औंला, सालै पिच्छे भाचेर के बस्नु ।

शितको बगैचा गोडमेल गदै प्रित सम्झे मैले
बिलायो पलभरमै,यस्तो माला गासेर के बस्नु ।

हिर्दय मेरो रुदैछ यो पल सम्झेर सपना
रसिन्छ प्याला देखावटी हासो हासेर के बस्नु ।

नपाउने देखेछु ,सपना मैले यो ससारमा विस्तृतमा पढ्नुस् »

4
Sep

"तिम्रा आँखा"

Buddhi Moktan's picture

जता ततै माया देखने भुल हो तिम्रा आँखा
...छेकेर ती नछेकिने मुल हो तिम्रा आँखा ।

राम्रै राम्रा देख सधै स्वाथी दुनियाँ भित्र
कल्पनाको ससार बुन्ने फुल हो तिम्रा आँखा ।

जति सक्छौ त्यती हेर क्षितीजपारी सम्म
नदेखे नी तर्नु पर्ने पुल हो तिम्रा आँखा ।

रेटिना छ ताल त्यहा किरण प्रतीछेदन
प्रतिमाको आभाश दिने तुल हो तिम्रा आँखा ।

पुजी राखनु यिनलाई सधैं हरियालीमा विस्तृतमा पढ्नुस् »

31
Aug

कमाएर फर्क

Buddhi Moktan's picture

कमाएर फर्क

कमाउन समुद्र तरयौ, कमाएर फर्क
अमुर्त हासो खुशी भरयौ, रमाएर फर्क।

बिना अर्थ नचल्ने कसैको पनि घरबार,
प्ररीश्रमको फल हो त्यो, जमाएर फर्क ।

बिर्सनु नहुने कहिल्यै नेपाली राश्ट्रियता,
गौरबले छाती चोली र दौरा, समाएर फर्क ।

मेहनती र सहनशिल बुद्धबासी हामी,
इमान्दारिताको परिचय, थमाएर फर्क ।

आफ्नै बारीमा पनि सुन र मोती फल्छ नै,
फेरी बिदेशीने ती आकक्षा, गुमाएर फर्क ।

4
Jul

"मेरो तस्बिर हेरी राख"

Buddhi Moktan's picture

"मेरो तस्बिर हेरी राख"

सम्झनालाई पठाको छु मेरो तस्बिर हेरी राख
तिम्रो माया हो की होईन बरम्बार केरी राख ।

एक हातले तस्बिर समाइ अर्कोले प्याट कुट
कुचिन्छ की जतन गरी सिरानीमा फेरि राख ।

प्रतिमाको आभाशले तिम्रो प्यास मेटोस बरु
सगै सुताउ निदरीमा पोल्टाभित्रै बेरी राख ।

प्रभातको शित सगै तिमीले बाहिर जानु पर्दा
पवन छिरी उडाउछ की पछ्यौराले घेरी राख । विस्तृतमा पढ्नुस् »

23
Jun

"बारीतिरै कुयो होला"

Buddhi Moktan's picture

सम्झिएर मखमली, मेरो मन रुयो होला
बेखबरमा चेलीहरु ,आँशु पनि चुयो होला ।

चिमल गुरास फुल्नु अघि बाटो लाग्छु भन्थ्ये
आज फुले मखमली तिहारले छुयो होला ।

सयपत्रीको के काम अब लाउने मान्छे मुङ्लान
फक्री फुली ओलीएर बारीतिरै कुयो होला ।

पेलिन्दैछु कामै कामले गाउमा तिहार आउँदा
भावनाको सप्तरङ्गी पसिनाले धुयो होला ।

निरसताले मेरी चेली मौनतामा बसिन
भाई पुज्ने उनको आशा फेरि पनि तुयो होला

23
Jun

" परदेशीलाई दुई चार कुरा "

Buddhi Moktan's picture

असारेगीत बिर्सिएर डिस्कोतीर छिरयौ भने
आफ्नै घरको जहाज डुब्छ, खाली हात फिरयौ भने ।

गैरी खेत उकास्नेले रेश्टुरामा तिरयौ भने
आफनै जीवन जोखिम्माछ, खाली हात फिरयौ भने ।

नर्तकीलाई जिस्किएर प्रेयशीलाई भुल्यौ भने
आफनै घरको जहाज डुब्छ, दिनडाहै खुल्यौ भने ।

रानीबनलाई बिर्सिएर पार्कतीर डुल्यौ भने
जीवन कहाँ सफल छ र प्रेयशीलाई भुल्यौ भने ।

सपना साकार हुन्छ दाम बोकी फिरयौ भने विस्तृतमा पढ्नुस् »

Syndicate content