दिलीप शाह ठकूरी

7
Aug

स्वार्थ पुरा गर्न

स्वार्थ पुरा गर्न, आफूलाई बाठो सम्झियौ
सोझो भइदिँदाको अर्थ, तिमीले लाटो सम्झियौ
विस्वासिलो मित्र बनी, तिमीलाई साथ दिँदै गएँ
घात गर्दै हिड्न सक्ने, मलाई बाटो सम्झियौ
सोझो भइदिँदाको अर्थ, तिमीले लाटो सम्झियौ ।

साथि भन्दै छातीमा, तिमीले कुल्चँदै हिड्यौ
जुत्तामा तिम्रो टाँसिएको, मलाई माटो सम्झियौ
सोझो भइदिँदाको अर्थ, तिमीले लाटो सम्झियौ ।

उब्जाउ राम्रो हुने, खेतको गरा आफूलाई विस्तृतमा पढ्नुस् »

16
Jul

शितलता नदिने..............

शितलता नदिने पात झरेको, त्यो नाङगो बोट हुँ म
सबैबाट तिरस्कृत लगाएका, सब्ले एउटा खोट हुँ म
देखिदैन घाउ कतै, नत कुनै दाग नै
तै पनि पिडा दिने, त्यस्तो एउटा चोट हुँ म
सबैबाट तिरस्कृत लगाएका, सब्ले एउटा खोट हुँ म ।

कोच्छन कुनामा, शरीरमा लाउँदैनन् कोहि
ठाउँ ओकटि बसेको, खुइलिएको कोट हुँ म
सबैबाट तिरस्कृत लगाएका, सब्ले एउटा खोट हुँ म ।

न थाम्छ हावा हुरि, बर्खाको त्यो घाम पानि नै विस्तृतमा पढ्नुस् »

16
Jul

पस्चतापको घुम्टो भित्र

पस्चतापको घुम्टो भित्र शिर लुकाउँछौ किन ?
घात अगि गरेर पछि शिर झुकाउँछौ किन ?
कोमल मनलाई पत्थरसरि तिमीले नै बनाइदियौ
पग्लन्न म कसै गरि बेथा फुकाउँछौ किन ?
घात अगि गरेर पछि शिर झुकाउँछौ किन ?

रेल्लिएको छ जेल्लिएको छ सुरुवात र अन्त्य कहाँ कहाँ
आफैले नबुझेको काहानि मलाई बुझाउँछौ किन ?
घात अगि गरेर पछि शिर झुकाउँछौ किन

मेरो मायालई लत्याएर कुल्चेर हिँडेका थियौ विस्तृतमा पढ्नुस् »

14
Jul

किन भाग्छौ पर पर

किन भाग्छौ पर पर के भो तिमीलाई आज
सुहाउँदैन मेरो सामु हटाइदेऊ त्यो लाज
बरु आउ प्रिया सँगै बसौँ मिठा मिठा कुरा गरि
अनि अँगालो मै बाँधिएर बिताउँ यो साँझ
सुहाउँदैन मेरो सामु हटाइदेऊ त्यो लाज ।

हेरिरहँ झैँ तिम्रो मुहार कति राम्री देखिएकी
मेरै नजर दोषि होकि के हो बताइदेऊ न राज
सुहाउँदैन मेरो सामु हटाइदेऊ त्यो लाज ।

गरिदेऊ त्यो ढोका बन्द पर्दा लगाइदिन्छु म विस्तृतमा पढ्नुस् »

10
Jul

" शुन्यतामा "

गजल
शुन्यतामा अोठ चलायाै मैले सुन्नै सकिन
क्यामरामा कैद गरेँ समय ध्वनि थुन्नै सकिन
मायाका ति शब्दहरू बोल्याै जस्तो लाग्यो
कति पटक धड्के मुटु मैले गुन्नै सकिन ।

अन्धकारै देख्छु किन जता हेरे पनि
प्रकाश बिनाको नयन मैले चुन्नै सकिन
क्यामरामा कैद गरेँ समय ध्वनि थुन्नै सकिन ।

विच्छीले झैँ टोक्ने अजिङगरले बेरी राख्ने
माउरीको जाल पनि मैले बुन्नै सकिन विस्तृतमा पढ्नुस् »

Syndicate content