Suraj Bir Bajracharya

29
Jul

gajal

गजल

तिमीलाई माया गर्ने हजार
म नबिक्ने भएको छ बजार

कसैको मनमा अटाएनछु
सानोमा सानो सारै नै सानो भएछ संसार

जिन्दगी यो बोझ भा'छ
राजीखुसी विदा गर्न सबै छन् तयार

रहर तिम्रो यही हो भने
यो जीवनले दुख्छ भने लौ मेरो मृत्यु उपहार

सुरजवीर बज्राचार्य
सिटी साइबर, लगनखेल

Syndicate content