बेद प्रसाद कार्की [बियोगी]

8
Aug

गजल [परेलिका ओठबाट.....]

परेलिका ओठ बाट झार्नसम्म आँशु झारे
उसको पृति धोका भित्र आफुलाई जिउदै मारे

शुन्य जीवन बाँचिरहेछ उदाषिको मुहार भरि
बिना अर्थ जीन्दगिलाई निष्ठुरिको जालमा पारे

छाति पोल्छ भत भति मुटु भित्र याद बोकि
बेहोसिमै पाइला चाल्दा नमेटिने घाँउ सारे

संसार सामु हास्नै पर्ने पिँडा भित्र ज्वाला छोपि
कयौ चोटि जिउँदै मर्दै दुखि मनलाई होसमै टारे

Syndicate content