भीम के सी कमल

5
Dec

प्रिय तिमी रिसाइ !

- भीम के सी कमल

प्रिय तिमी रिसाइ, माया तोड्यौ त के भो ?
भुली पुरानो प्रित, बोल्नै छोड्यौ त के भो ?

जब दिलमा आगो सल्की, ज्वाला दन्किन्छ दनदन
दमकल त्यो पिरतिको, अन्तै मोड्यौ त के भो ?

अक्षूण्ण वासनाको, कहाँ थियो धार बहेको
नउम्रदै कोपिला, निष्ठुर गोड्यौ त के भो ?

हिमाल पग्लिदा एक इन्च, सागर उर्लिन्थ्यो कता
मायाको पिलो नटन्किदै, बलले फोड्यौ त के भो ?

बृहत भबसागर बीच, एक्लै तैरिन्छ 'कमल'
भुली सब बाचा कसम, मन दुर जोड्यौ त के भो ?

Syndicate content