दोबाटोमा भेट हुदा, तर्किएर गयौ
अलिकति मायाँ यतै,छर्किएर गयौ
तिम्रो हाल जान्न खोजे,जब भयो भेट
मनमा अगाढ मायाँ राखी,झर्किएर गयौ
अलि पर पुगे पछि,लजाए झै गर्यौ
मुस्कुराई मलाई हेर्दौ,फर्किएर गयौ
जल्दै थिएँ आफै भित्र,खोज्दै थिएँ शितल
साउने झरी बर्षिए झै, दर्किएर गयौ
हेराईमा नशा थियो,नागबेली त्यो चाला
लोभैलाग्दो जिउडाल आहा!,मर्किएर गयौ
अलिकति मायाँ यतै,छर्किएर गयौ
धादिङ
प्रतिकृयाहरु
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 45 min ago
16 hours 30 min ago
1 day 53 min ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago