मेरो रंगमा तिम्रो रंग, घोलिए जस्तो लाग्यो!!
हाम्रो मनको ढुक-ढुकी, टोलिए जस्तो लाग्यो!!
तिमी नजिक आई पुग्दा, बतास सरी त्यसै
एक छिनको मायाँ प्रिती, गोलिए जस्तो लाग्यो!!
एकै झलक हेर्दा खेरि, नजरले गोलि मार्र्यो
हिरा निलम रत्न साथै, मोलीए जस्तो लाग्यो!!
सबै शरीर जता-तता, काउकूती लाग्न खोजि
हाम्रो मायाँको घुम्टोहरु, खोलिए जस्तो लाग्यो!!
वर्षा उन्मात भेल झरी, आउँदा बगर् भरि विस्तृतमा पढ्नुस् »
सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र
सुरु गरे मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको बाण सीँउँदैछु मित्र
पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा निकोटिनले भित्रबाटै खिंउँदैछु मित्र
यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र विस्तृतमा पढ्नुस् »
प्यारा आफूले आफूलाई ढाँटेको थिएँ
मन मन्दिरमा यो मायाँ साटेको थिएँ
युगौ देखिं गुस्मुसिएको भित्री चहाना
तिमीलाई सुटुक्क पोख्न आँटेको थिएँ
नखोलौकि मुर्दा भै सकेको मन भनि
थमाउदै जिबन चुपचाप काटेको थिएँ
जति सके हुँदो यो मन आफैले टाले
सिउनै नसक्ने जताततै फाटेको थिएँ
जिन्दगीको घुम्तीहरुमा हिड्दै जाँदा
आफ्नो सम्झेर पीरहरू बाँटेको थिएँ
आब जे हुनु भई सको छैन गुनासो विस्तृतमा पढ्नुस् »
मनैको ऊनहरु मनैले बुन्छु बाटेर नमिल्ने भो
आफ्नो दुःख अरुसँग कसै साटेर नमिल्ने भो
भाविले लेखेको नक्षेत्रमा जस्तै नि भोग्नै पर्ने
आफ्नो दुःखी कर्म आफैले काटेर नमिल्ने भो
दुःखीलाई खोइ जहाँ गएनी मात्र दुःखै दुःख
दस बल्द्यंग, खाई बरै भुइँ चाटेर नमिल्ने भो
कचल्टिनदै फाटी रहेको मन सिंउँदै सधै भरि
सियोकै डोबमा फेरी सीउँन फाटेर नमिल्ने भो विस्तृतमा पढ्नुस् »
मायाँ बनाउनु गाढा कुरो सुन्न नोटले
पातहरु नझरी पनि महत्व हुन्न बोटले
चुम्ने चहाना राखेर हुन्न साँचो पिरती
ऊँठलेपानी बोक्नेमा बसी गुन्न ओठले
नलाउनु जोत बगलीमा अर्की च्यापी
के बैस लाग्यो मायालुलाइ चुन्न होटले
राम्री आँखा नलाउनु है परछौ फेलामा
राम्रिले सेपे पछि थालछौ बुन्न चोटले
जल्ने नगर मायालु तिमी जलाउदीन
तिम्रिले फेरी गर्लिन हेला छुन्न खोटले विस्तृतमा पढ्नुस् »
तिमीले मलाई थोरै भूली दिए हुन्छ प्रिय
जीन्दगी जिउँनलाई थोरै पिए हुन्छ प्रिय
तिम्रो मन सियो धागोले नै बनेको रहेछ
आफ्नो मन आफैले थोरै सिए हुन्छ प्रिय
स्वतन्त्र दिन्छु तिमीलाई जान र आउँन
सम्झिन्दै र बिर्सिंदै नाम लिए हुन्छ प्रिय
सधैंको लागि बैना प्रियसी सम्झ मलाई
मेरो तिम्ती मर्दै बाच्दै जिए हुन्छ प्रिय
गार्हो भो कसरी विश्वास दिलाउँ तिमीलाई विस्तृतमा पढ्नुस् »
कहिलै नछल्किने गरि बसेको यो मनको ताल
अनायसै गरी ढुंगा फ्याकी बनायौ तनको ताल
त्यसै बेला मनको तलाउ छाल्की बिछ्त भो
यहाँ दुखि-दुखि चस्कि रह्यो आब रनको ताल विस्तृतमा पढ्नुस् »
"कहिलै नछल्किने मनको ताल"
कहिलै नछल्किने गरि बसेको यो मनको ताल
अनायसै गरी ढुंगा फ्याकी बनायौ तनको ताल
त्यसै बेला मनको तलाउ छाल्की बिछ्त भो
यहाँ दुखि-दुखि चस्कि रह्यो आब रनको ताल विस्तृतमा पढ्नुस् »
थाहै नपाई म त हजुर कस्तो भुलमा परें
नाफक्रिन्दै कोपिलैमा ओइलाएर मत झरें
रहर मनको सगरमाथा बिलाएरै गयो नि
आफ्नो आँसु नदि बनाई माझी बनि तारें
वारी-परि रंगी-चंगी फूलहरु फुल्दा-झुल्दा
फूलले पनि बिझाउला भनि`म`नै पर सरें
जहाँ हिडें उजाड मरु भुमि मात्र भेटें
अतृप्त त्यो प्यास भित्र कैयौ पल्ट मरें
मत भन्थे`मै`मात्र अन्धो दुनियानै अन्धो रैछ
निर्दोष छँदा छँदै,सबको नजरमा,मै,दोषी परें
मिना बान्तवा "मृदु"
चटट्यां झैं बज्रेर टुटेको मनलाई अब,गाँसु कसरी
अतित घाउ भुली, ओठ-ओठ ढप्काएर हाँसु कसरी
तिम्ले आऊ भनि बोलाई, ठाडा पुराई छाडी दियौ
भुइँको पलाँस सिरमा फेरी,मैले आब टासुँ कसरी
जहिले देखि बसाईं सर्योउ तिमी, अन्तै शहर तिर
तिमीले दिएको उपहार, घाउलाई फेरी माँसु कसरी
हाँसी हाँसी थाहै नपाई,विष पिलाएर गयौ तिमी
अचानक बग्यो"मृदु"आँखाबाट आज आँसु कसरी विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 20 min ago
2 hours 32 min ago
2 hours 32 min ago
2 hours 32 min ago
2 hours 32 min ago
2 hours 33 min ago
2 hours 33 min ago
2 hours 33 min ago
2 hours 33 min ago
2 hours 33 min ago