दिपक लोहनी

11
Sep

Gazal

जीवनको उकालीमा हात दिन्छु तिमीलाई।
जुनी-जुनी नछुटिने साथ दिन्छु तिमीलाई।।

देखाउन्न स्वप्नहरु भोलि झुठो भईदेला।
मायाकोनै जुनिभर वर्षात दिन्छु तिमीलाई।।

नभेटुँला खोज्दा पनि वास्ना दिने फूलहरु।
बिझाउँदा तिम्रा पाउ पात दिन्छु तिमीलाई।।

खोज्ने नै छु जिवनमा पलहरु विहानिको।
मैन सरी जल्दै आफु रात दिन्छु तिमीलाई।।

हात देउ सहास् भए पिडा सँग रमाउने।
जिवनका खुशीहरु खात दिन्छु तिमीलाई।।

Syndicate content