rajkumar rimal

22
Sep

PHULBARI MA

फूलबारीमा
तिम्रो मनको फुलबारीमा, फुलाउँछौ कि कसो ?
हात समाई बगैंचामा,डुलाउंछौ कि कसो ?
उषा लाली मलिन लाग्छ ,चन्द्र मुहार उदास छ
लौ न प्रिय घुम्टो तिम्रो,खुलाउंछौ कि कसो ?
हात समाई बगैंचामा ,डुलाउँ छौ कि कसो ?

अलि अलि मात लाग्छ ,नसा चद्छ उसै पनि
हावामा'नि सोम रस ,घुलाउँछौ कि कसो ?
तिमि संगै संधै साथ रहने चाह यो मनको
डर लाग्छ यसै उसै झुलाउँछौ कि कसो ? विस्तृतमा पढ्नुस् »

20
Sep

achel

औंसि बल्छ धप धपी काँडाहरु फुल्छन अचेल
बेहुली झैं लुक्ने हिमाल उत्ताउलिंदै खुल्छन अचेल
नैतिकता लाजहरु नखोज न यो कलि मा
चौबाटो मै नगर बधु बरहरु डुलछन् अचेल
अमृत पान गर्छु भन्छौ शंकै लाग्छ मलाई त
अमृत र बिष हरु सराबरि घुल्छन अचेल
संयौ जुनी दिन्छु भन्दै चोखो माया लाउनेहरू
अर्कै राम्रो देखे पछि तेतैतिर भुल्छन अचेल

Syndicate content