बि.जे. बान्तवा

6
Dec

मृत्यु प्यारो,,,,,,,,,!

आवत-जावत आफन्तको खुसी धुमधाम हुँदा
रङ्गिन ध्वजा जग्गेमण्डप स्वयंबरको काम हुँदा।

तिम्रो घरमा पञ्चेबाजा ठोक्दै आउँछन होला
मेरो घरमा दुईचार जना मलामीको लाम हुँदा।

साँवा ब्याज जिन्दगीमा सम्झनाको अन्तिम चिनो
तिम्रो हातमा धागो सँगै बेरिएको खाम हुँदा|

शायद म त सपनीमा नी आउन छोड्छु होला
कोल्टे फेर्दा सधैं तिम्रो अँगालोमा राम हुँदा।

हाँस्छौ होला, नाँच्छौहोला साह्रै खुशी हुन्छौ होला
बाहिर पट्टि लेखिएको म दु:खीको नाम हुँदा|

मृत्यु प्यारो हुन्छ प्रिय छटपटिमा जिउँनु भन्दा
कलिलो यो मन भरि बदनामीको डाम हुँदा|

बि.जे.बान्तवा "पराईमान्छे"

Syndicate content