शिवहरि खतिवडा

19
Dec

फुलभन्दा पनि

फुलभन्दा नि मिठो तिम्रो बास्ना कहाँहुन्छ र
सबै कुरा लुकाएरै राख्न कहाँ हुन्छ र
नहुने त बोलिँदैन नसकिने गर्दिन म
पिर व्यथा मनै भरी हाँस्न कहाँ हुन्छ र

यात्रा आफैं छोडिगयोमन पनि टोडिगयो
टुटि सबै छुटि जाँदा आँट्न कहाँहुन्छ र
संगत भयो विफल सबै गराई कतै गरिएन
खुसीयाली रमाईलोमा नाच्न कहाँहुन्छ र

धेरै भन्न्यों तारा झार्छु धेरै भयो गफ पनि
यसैगरी संधैभरी ढाट्न कहाँहुन्छ र विस्तृतमा पढ्नुस् »

18
Dec

दुख बनि आयो दशैं

दुख बनि आयो दशैं

दुख बनि आयो दशैं दुख्नुसम्म दुख्यो हजुर
सानो तिनो आशाहरु संधारमा झुक्यो हजुर ।।

पलाएका पातहरु फक्रिदैका कोपिला नि
भरोसाको बात बोकी अध्येरीमा लुक्यो हजुर।।

ओरालीको मृगलाई हरिणले खेद्न थालेपछि
भुस्याहा,छाउरा डागे सबै भुक्नुसम्म भुक्यो हजुर।।

आसाको दियो बोकी पलाउँछ कि पात भनि
साँचिएका विजहरु खडेरीले सुक्नुसम्म सुक्यो हजुर।।

दुख बनि आयो दशैं दुख्नुसम्म दुख्यो हजुर विस्तृतमा पढ्नुस् »

18
Dec

गएपछि

मन त थियो मलाई पनि तिम्रै बन्ने
अस्तिस्त्व नै पराईसंग गएपछि आयौं
............
अवस्था अर्कै पर्यो सम्झौता अर्केसंग
रित्तिएको माया कतै झरेपछि आयौ।
..............
यात्रा मेरो पराईसंग भएपछि आयौं
हासो खुसी सबै बैना लगेपछि आयौं
.....
मन त थियो मलाई पनि तिम्रै बन्ने
अस्तिस्त्व नै पराईसंग गएपछि आयौं

18
Dec

मन मिलेन

राख्यौं त प्रेम प्रस्ताव मन मिलेन हेर
रुखो चिल्लो तिमीमा बचन मिलेन हेर

पछि फेरी हुने होला आफ्नै आनाकािन
तिमी शहर पहाडि म धन मिलेन हेर

साल सल्लो चिल्लो मयुर जंगलमा म
घरै घरको बीचमा रुख वन मिलेन हेर

रहन सहन छुट्टा छुट्टै लगाउने शैली पनि
संगत त्यस्तै फरक त्यहाँ जन मिलेन हेर

हिमालको काखमा घर ढींडो मेरो खाना
पिज्जा रोटी तिम्रो खाना झन मिलेन हेर विस्तृतमा पढ्नुस् »

Syndicate content