प्रदीप चापागाईं

8
Dec

दोभानका दुई नदी हामी !!

आउनु प्रिया मनले मीत लगाएछ भने,
यो ज्यानले माया तिम्रो मगाएछ भने !!

अँधेरीमा अल्मलिने आँट किन गर्छौ,
सोच्नु बरु साँझले दियो जगाएछ भने !!
(यो ज्यानले माया तिम्रो मगाएछ भने )

चैतमास खँडेरीको मरूभुमी हुँ म,
डुल्नु यता साउनले भेल बगाएछ भने !!
(यो ज्यानले माया तिम्रो मगाएछ भने )

दोभानका दुई नदी बिचको हाम्रो दुरी,
हट्छ प्रिया समयले भगाएछ भने !!
(यो ज्यानले माया तिम्रो मगाएछ भने ) विस्तृतमा पढ्नुस् »

Syndicate content