तिम्रो हाम्रो भेटघाट हुन्न भोलिबाट
पाउदैनौ मेरो बोली सुन्न भोलिबाट
बग्नदेउ आँखाबाट आँसु आजलाई
जति रुनु आजै रुन्छु रुन्न भोलिबाट
आउँछ कि कतैबाट देखिन्छ कि भन्दै
पर्ने छैन झ्यालढोका थुन्न भोलिबाट
विन्ति मेरो एकपल्ट मिलाऊ यी हात
जूठो हात पराइको छुन्न भोलिबाट
टुटे टुटोस् मन वैरी फाटे फाटी जाओस्
सक्दिन म मिलाएर तुन्न भोलिबाट
रुद्र ज्ञवाली
प्रतिकृयाहरु
2 hours 46 min ago
2 hours 47 min ago
2 hours 48 min ago
16 hours 34 min ago
1 day 56 min ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago