काजीदाई

22
Dec

अझै च्वाक भाकी छौ रे

राष्टवादी गीत लेख्थऔ मुगलान गाकी (गएकी)छौ रे
बान्की मिल्या शरीर थियो अझै च्वाक(राम्री)भाकी छौ रे

गुन्द्रुक ढिडो बिर्सेउ अरे बर्गर पिजा खाकी(खाएकी)छौ रे
आफ्नो पोशाक प्यारो भन्थेउ मिनी स्कर्ट लाकी(लाएकी)छौ रे

दुई मुटु एउटै भन्थेउ तेस्रो मुटु पाकी (पाएकी) छौ रे
भयालेन्टाइन डे मनाउन कुन्नी कसलाई डाकी(डाकेकी)छौ रे

आफ्नो धर्ती स्वर्ग भन्थेउ गाँठवाला ताँकी छौ रे विस्तृतमा पढ्नुस् »

10
Dec

अझै सम्म बाँचेको छु

तिम्रा वचन मान्छु भन्दै अझै सम्म बाँचेको छु
मायाप्रेममा त्याग हुन्छ रुन्छे हाँसो हाँसेको छु

सोमरसलाई अमृत ठान्दै म त नाचेको छु
त्यही रस नै थोरै तान्दै आज सम्म बाँचेको छु

कती गफ बेहोसिमा,धेरै पटक फाटेको छु
बहलिन सोमरसले देउँसैमा मातेको छु

कहिले सुई हान्छु आँफै,कतै आँफै काटेको छु
चिप्लियर लडे भनी आफन्तलाई ढाँटेको छु

आँफै धागो खोजी बान्धै एउटा डोरी बाटेको छु विस्तृतमा पढ्नुस् »

Syndicate content