मलाइ मनपर्छ......
गजलः
मेरॊ माया रिसाउदाँ फुल छर्न मनलाग्छ।।
जसरि नि फकाएर खुसी भर्न मन लाग्छ ।।
गल्ती हुँदा माफ गर्नु नबगाइ अश्रुधारा
एकान्तमा रूनुभन्दा सामु पर्न मनलाग्छ ।।
केहिपल नभेटेमा मन मेरॊ अतालिन्छ
खॊजीगर्दै लेकबाट बेशी झर्न मनलाग्छ ।।
प्रेमीबिच परस्पर भनाबैरी भैरहन्छ
सम्झाउदैँ फकाउदै बिन्ती गर्न मनलाग्छ
जातभात छुवाछुत श्यामश्वेत बर्ण त्यागी
सधैँभरि हाँसिखुसी बाँच्न मर्न मनलाग्छ ।।
रचनाः १९ फेब्रुअरी,२०११,
इजरायल ।
परेलीले नथामेकॊ आँसु,धरर झारी हजूर
रॊएरै नि बाँच्नुपर्छ यहाँ,रहर मारी हजूर ।।
मायालुकॊ सम्झनाले सधैँ,चिह्रीन्छ मेरॊ हृदय
एक्लै मन बुझाँउन गाह्रॊ,नौडाडाँ पारी हजूर ।।
धेरै पैसा कमाएर ल्याइ,सुखले बस्ने चाहना
अझै सम्म तिर्याछैन मैले,ऋणकॊ भारी हजूर ।।
कहिले पॊ फर्कीउँला उहि,सुन्दर मातृ भुमीमा
सागसिस्नॊ आनन्दले खाइ,जॊतुँला बारी हजूर ।।
खटेकॊ छु श्यामरात दिन,बिदेसी नयाँ ठाँउमा विस्तृतमा पढ्नुस् »
कैयौँ साथी भेटेँ,साथ पाइन मैले।।
माया खॊज्दा खॊज्दै,हार खाइन मैले।।
यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र
एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।।
बल्ल भेटेँ माया,धेरै कसम खायौँ
बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।।
माया गर्दा गर्दै,धॊका उनको पाएँ'
गह भरि आँसु,रून चाहिन मैले।।
सबै थॊत्रॊ भयॊ,उन्कै भरमा पर्दा
चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।।
रचना मिती ०३ जुन २०१०,इजरायल
प्रतिकृयाहरु
2 hours 48 min ago
2 hours 48 min ago
2 hours 50 min ago
16 hours 35 min ago
1 day 58 min ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago
1 day 3 hours ago