आशांक उपाध्याय

9
Jan

गज़ल

माया भनि बोलाउदा तर्किएर जानेलाई
जताबाट आइ उतै फर्किएर जानेलाई

मनभरि पंलासका फुल माथि सजाएर
राख्नखोज्दा आधाउधि चर्किएर जानेलाई

सुसेलीको लयहाल्दै चौतारीमा भेटाउदा
इशारा यो नबुझेर हर्किएर जानेलाई

गज़लका शेरहरु बनाएर सुनाउदा
भूकम्पको कम्पन झैं थर्किएर जानेलाई

टेढोमेढो गोरेटोमा सिधा बाटो माया भन्दा
थाहा छैन भनिकन झर्किएर जानेलाई

राता राता गुलाबका हार बुनी लगाउदै विस्तृतमा पढ्नुस् »

12
Dec

गज़ल

झरें भने झरी गएँ रहे सुंघ्नु फूल ठानी
जति टाढा गए पनि आई ठुंग्नु फूल ठानी

इसाराले बोलाउँदा नदेखे झैं गरें भने
बारुलाले चिले सरि ओठ चुम्नु फूल ठानी

एक्लै हुँदा कुनै बेला न्यास्रिएर् बस्नु परे
पिरतीको गोधुलीमा छाई घुम्नु फूल ठानी

मेरो नाम जोडे पछी कुरा काट्ला दुनियाले
सुने पनि नसुने झैं गरि उंघ्नु फूल ठानी

बाध्यतामा बाँधिएर केहि पर पुगें भने विस्तृतमा पढ्नुस् »

Syndicate content