कपिलविवश भट्ट ‘कञ्चन’

15
Dec

आज मेरो देश आशा अनि सम्भावनामा बाँचेको छ

आज मेरो देश आशा अनि सम्भावनामा बाँचेको छ
नयाँ मुहार फेरिने सुनौलो अभिलाषामा बाँचेको छ

दिगो शान्ति नयाँ संविधान र प्रगतिको बाटोतिर
अग्रसर भएको देख्न,सपनै सपनामा बाँचेको छ

नेपाली सन्तानहरुको रगतले भिजेको यो माटोमा
सुन फलाउने विश्वासको चाहानामा बाँचेको छ

राष्ट्र र राष्ट्रियता जोगाउन मुर्धन्यको खोजी गर्दै
हिमाल, पहाड र तराईका कुना कुनामा बाँचेको छ

परिवर्तनका झुल्काहरु खोज्दै, अमिट छापका लागि विस्तृतमा पढ्नुस् »

14
Dec

गजल

आज यहाँ विरालाले बाटो काट्दैछ
देशको राजनीतिले धुलो चाट्दैछ

प्रचण्ड, गिरीजा, माधव सबै सबको
मन सहमति भन्दाभन्दै झन फाट्दैछ

अचेल विचारको दुरी बढ्न थालेको छ
खबरदार विरालो मुसो मार्न आट्दैछ

देशभक्त दाजुभाई दिदीबहीनीहरु हो
संविधान बनाउछु भन्दै कोही ढाट्दैछ

उलटपुलट हुन सक्छ देशमा उठौ जुटौ
राष्ट्रियताको रक्षार्थ, राष्ट्रघाती देश साट्दैछ ।

शिखरपुर–९ शितलकुञ्ज, बैतडी
मोबाइल–९७४९००८०६३ विस्तृतमा पढ्नुस् »

Syndicate content