विजय के सी

14
Feb

बाचें भनूँ

बाचें भनूँ समबेदना मरेको देख्दछु

हृदय यो आगो भित्र परेको देख्दछु

के आफन्त के पराई सबैबाट हेला

बाटो हिड्छु थु : थु: मात्रै गरेको देख्दछु

त्रेतायुग पछी एस्तो नहोला नै भन्थें

तर फेरी सत्यता यो हरेको देख्दछु

महिना बिते वर्ष बिते आएन खै दिन

जिबन को खेतमा जन्तु चरेको देख्दछु

भैगो आशा नगर कोहि म पनि गर्दिन

सपनीमा बैतरणी तरेको देख्दछु

Syndicate content