Kaji dai

2
Dec

डलरको बिटा देख्यौ

सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

दुई ज्यान एकै भाथ्औ आफुलाई सीता देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

साचो,चोखो मेरो माया करेली झै तिता देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

दोबाटोमा एक्लै छाडी,मेरो जीवन चीता देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

क्यासिनो र् डान्स बारमा पवित्र त्यो गीता देख्यौ
गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

Syndicate content