जीन्दगी त एक य़ात्रा पो भएछ ।
बाटो त लामो तर साघूँरो रहेछ।
जानू थियो टाढा ट्राफिक नि ब्य़स्त रहेछ।
महगांइ ले खायोबरै पेट्रोल नी मगों भएछ।
जीन्दगी त एक य़ात्रा पो भएछ ।
बाटो त लामो तर साघूँरो रहेछ।
नय़ाँ स्टेशन मा नयाँ साथी भेटिदा रहेछन।
थाहै नपाई ती पनि य़ात्रा मै छुटिदा रहेछन।
कई दुवई कतर त कई कुवैत मा रहेछन।
य़ूके नेपाल सउदी त कई उतै सेटलपो भएछन।
जीन्दगी त एक य़ात्रा पो भएछ। विस्तृतमा पढ्नुस् »
स्वतन्त्रता खोस्दा जीवन चरि हुनुपर्छं,बाँध बनाई थुन्छन भने झरि हुनुपछ,भोग्नेलाई थाहा हुन्छ चोट जीन्दगीको,हाँसे पनि मनमा धरधरी हुनुपर्छ, जिउने आधार फरक हुन्छ तर के भयो र, एक दिन आँफै झर्या फुल सरी हुनुपर्छ,ओछ्यानमा माया जोख्ने कती देँखे कती भेटे,साँचो सत्य माया मन भरी हुनुपर्छ
सिमलको नाङ्गो हाँगा
धेरै बर्षअगाडि
हाम्रो प्रेम साटिएको फलैँचा
त्यसरी नै ठिङ्ग उभिएको थियो
बाटो छेउमा लहरै
उभिएको सिमलको रुखमा
चैत -
त्सरी नै नाङ्गएिको थियो
म थिएँ,
मेरा रहरहरु थिए
केवल तिमी थिएनौ
अब,
एक्लै रोएको
मादलको ताल हुन सक्छ
यो फलैँचा...
यो बाटो...
र
आत्मीय लाग्ने
हावाको र्स्पर्श
फेरि पनि
मृत्युदण्ड घोषणा हुन सक्छ
कुनै प्रेमी नागरिकलाई
र विस्तृतमा पढ्नुस् »
ढुँङ्गा हुँ म मलाई, देउता सित नदाँज |
आरन चलाउँदै छु, सम्झी ताल ननाच ||
ब्युँझ उठी हेर, संसार यो ठुलो छ |
कलकलाउँदो त्यो जवानी, मैलाई भनी नसाँच ||
बिचार बृहत गर, नहोऊ दुर्मतिको |
होस बेलैमा गर, पछुताएर नबाँच ||
मेरो भाग्य तिमी नभन, आँखा चिम्लिएर |
वास्तै नगरनेको, खुलेको दिन काँ छ ?||
छोडेर मेरो साथ, स्वतन्त्र भएर बाँच |
साकार सपना पार, जीवन त्यसै नभाँच ||
खुल्ला आकाश
म अनवरत यात्राको यात्री
आधी सहन्छु .
बुख्याचाहरुले गिज्याउछन
टुटेका फुटेका जिबन आर्तानाधरुले
कहिले आघात पार्छन
म अईसेलुका झ्यांगहरुमा
जुनकिरिहरुको
यथार्थ पिडा संगाल्छु
उनि
कुइनेताहरुमा
कुहुकुहुको एकोहोरो
एकोहोरो आवाजमा
ताब्बुल च्यापेर
संघर्षका पाइतालाहरू
लम्काइरहेछु
मेरा गन्तव्यहरुमा
अभिसप्त पीडाका
छालहरुले रंगिन्छ्न.
मेरो नियात्रा
म एक्लो यात्री विस्तृतमा पढ्नुस् »
रुपैको गर्नु बर्णन के,तिमी त राम्री गुणमा पनि |
हरदम उत्तम दरिन्छ्यौ,तुलना गर्दा जूनमा पनि ||
व्यवहारमा साह्रै असल, स्वादिलो सुवास कतिकति |
तिमीमा जस्तो सुन्दरता, भेटिएला खै के सुनमा पनि ||
अहा! वाणी क्या मधुर छ, आत्मीयताको त खानी |
तिमीमा जस्तो महानता, छैन कुनै विद्वानमा पनि ||
अंगालो तिम्रो रापिलो, हँसिलो मुहार कतिकति |
अब त बिन्ती हजुरलाई,आमन्त्रण छ जीवनमा पनि ||
रुपैको गर्नु बर्णन के, तिमी त राम्री गुणमा पनि |
हरदम उत्तम दरिन्छ्यौ, तुलना गर्दा जूनमा पनि ||
व्यवहारमा साह्रै असल, स्वादिलो सुवास कतिकति | तिमीमा जस्तो सुन्दरता, भेटिएला खै के सुनमा पनि ||
अहा! वाणी क्या मधुर छ, आत्मीयताको त खानी | तिमीमा जस्तो महानता, छैन कुनै विद्वानमा पनि ||
अंगालो तिम्रो रापिलो, हँसिलो मुहार कतिकति | विस्तृतमा पढ्नुस् »
याद आउँदा कहिलेकाहीँ,भेट्न पाए पुग्छ |
त्यही पनि गाह्रो भए, देख्न पाए पुग्छ ||
तिम्रो झल्को आउँदाखेरि, जिन्दगीमा कहिलेकाहीँ |
तिम्रै नाउँमा एउटा गजल, लेख्न पाए पुग्छ ||
सधै रुन तयार छु म, खुशी तिमीलाई मिल्छ भने |
हरकिसिमले तिम्रा कष्ट, छेक्न पाए पुग्छ ||
समर्पण हो प्रेम भन्ने, बुझेको छु मैले पनि |
तिम्रै निम्ति आफ्नै गला, रेट्न पाए पुग्छ ||
जिन्दगिनै काँडा भयो बिझ्ने के डर भयो र
आफ्नोलेनै दिन्छन धोका कसको के भर भयो र
आगो लग्यो जिन्दगीमा सपना तहसनहस भयो
पतिवर नै बन्दैनत मसानघाट के घर भयो र
नासोचिदिदा कसो हुन्छ आज येसो गर्दा भनि
मलाई पनि सोच्न अब कुन्नि के कर भयो र
तिमि टाढा हुँदै गएउ पत्तो रहेनछ मलाई
चाहनानै दूर गएउ अब के रहर भयो र
भावनानै मार्न खोज्येउ हत्या मेरो गरिकन
शारीर संग खेल्ने कुरा त्यो के अछेर भयो र विस्तृतमा पढ्नुस् »
म त जिउदै मर्या मान्छे कति चोटी मार्छौ मलाई
जीन्दगीनै सकिएपछि कति तल झार्छौ मलाई
सपना मरे मेरा सारा बिपनाका आधार ती
अझै पनि बाँकी भन्दै कति चोटी ट़ार्छौ मलाई
अविस्वासी यात्रा कसो गरि भरुं मैले
कहिले सम्म विश्वास दिलाई कति चोटी तार्छौ मलाई
जसो भन जे नै गर म तिम्रो दिवाना भयं
टाढा रहन सक्दिन अब कति चोटी बार्छौ मलाई
प्रेम सागरमा डुबें उत्रनु म कसो गरि विस्तृतमा पढ्नुस् »
प्रतिकृयाहरु
2 hours 31 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago