अविरल मायाका कोशेलीहरु संगै सम्बोधन गर्न चाहे तिमिलाई प्रिय सिर्जना ! विस्तृतमा पढ्नुस् »
गजल
खै कस्तो हो , यो मायाको जातै मिठो हजुर ।
एकान्तमा समाएको हातै मिठो हजूर ।
जव छुन्छ योमायाले भोक निदा डाँडाँ काँट्छ ।
मिठा मिठा पिरतिका बातै मिठो हजूर ।
पिरतीमा बर्षा लाग्दा मगमग वासनाको
अंगालोमा लाज छेक्ने हात मिठो हजूर ।
चढ्दो उमेर वढ्दो वैश,थाम्न गाह्रो हँुदा खेरी
सँगै सँगै बिताउदो रातै मिठो हजूर ।
संसारमै ठूलो चिज मायालु नै हँुदा खेरी विस्तृतमा पढ्नुस् »
तिम्लाई भुल्न रातदिनै म पिएर बर्बात भए ।
पानी बिना माछि जस्तै म जिएर बर्बात भए ।
रातो डोली चढ्यौ आज दुई आँखा बन्द गरी
बितेका ति अतितहरु सम्झिएर बर्बात भए । विस्तृतमा पढ्नुस् »
अग्नि ज्वालामा बिलाउने, चिता न हो जीवन
सपना संगै लेखिएको, कविता न हो जीवन
फूल फुल्दा कति राम्रो, ओइलिएपछि झरीहाल्छ
सागर जस्तो अटल हुन्न, सरिता न हो जीवन
हासो,रोदन सुख, दु:ख, अनि यस्तै विचित्रता
रंगमंचको नाटक जस्तै, रमिता न हो जीवन
कोहि छैन अमर यहाँ, कालले एक दिन लिइ जान्छ
रामायणमा रावणले हरेकि, सीता न हो जीवन
रोशन बराल "इलामेली"
(लफन्दर मिचा )
अग्नि ज्वालामा बिलाउने, चिता न हो जीवन
सपना संगै लेखिएको, कविता न हो जीवन
फूल फुल्दा कति राम्रो, ओइलिएपछि झरीहाल्छ
सागर जस्तो अटल हुन्न, सरिता न हो जीवन
हासो,रोदन सुख, दु:ख, अनि यस्तै विचित्रता
रंगमंचको नाटक जस्तै, रमिता न हो जीवन
कोहि छैन अमर यहाँ, कालले एक दिन लिइ जान्छ
रामायणमा रावणले हरेकि, सीता न हो जीवन
रोशन बराल "इलामेली"
(लफन्दर मिचा )
तिम्रो मेरो मनको कुरा,दुनियालाई खोल्नु हुन्न
बोले पछि बात लाग्छ बिना कसूर बोल्नु हुन्न
जतिपटक मिलाएनी,नहुँदोनै रैछ आखिर
त्यसैले त भन्छु नि म,तेल र पनि घोल्नु हुन्न
जसले गर्छ उसले माया,जति गर्छ गरे गरोस
नगर्नेले उसको माया,कत्ति नि बिथोल्नु हुन्न
आजकालको जमानामा,कसैलाई नि भाउ नदिनु
जे-जे गर्छौ गरे गर तर यहाँ पिरोल्नु हुन्न
रोशन बराल "इलामेली"
तिम्रो नाममा एउटा प्रेम पत्र कोर्न मन लाग्छ
घन्टे आउदा तिम्रो तस्बिर सुटुक्कै चोर्न मन लाग्छ
तर तिमि भने जम्काभेट हुदा नि तर्किएको देख्दा
ढुंगा टिपेर तिम्रो खप्पर खप्पई फोर्न मन लाग्छ
रोशन बराल "इलामेली"

"प्रेम पत्र स्विकारेर"
प्रेम पत्र स्विकारेर, उतर लेख्दैछु माया
भविश्य जीवनको ,तिमीसग देख्दैछु माया ।
स्वाभिमान र महानताको अध्याय दर्शाउदै
सामिप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।
आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट, बिवेकले छेक्दैछु माया ।
छित्को सारीमा घुन्टो ओढी धपक्कै रुप बल्दा
बैभवताको थुगा तिमी हल्केलामा थेग्दैछु माया । विस्तृतमा पढ्नुस् »
जति सक्छौ सके जति लूट नेता हो
वर्ता छलफल अन्तमा फुट नेता हो
लाचार अनि निर्य सारा नेपालि लाई
आस्वासन पोका फालि धूत नेताहो
राष्टियता धावाबोली लुटिदैछन् सुस्ताहरू
चिन्ता किन लिन्छौ तिमी सुत नेता हो
अनुदान र सहयोग दिन्छन् विदेशीले
आपसमा बाड्नु पर्छ जुट नेता हो
आऊ हामि खेल खेलौ
एस्तो एउटा खेल खेलौ
जुन खेलमा फल हुन्न
केवल गोल को बर्षा हुन्छ
तेहा कुनै किपर हुन्न
बल कहिलेइ आउट हुन्न
अनि कोहि रेफ्री हुन्न
केवल गोल को बर्षा हुन्छ
तर अफ साइड हुन्न
मात्र गोलको बर्षा हुन्छ
प्रतिकृयाहरु
2 hours 31 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago
2 hours 43 min ago